वाग्मती प्रदेशसभाको बैठक स्थगित
प्रकासित मिति : २०७७ फाल्गुन ५, बुधबार ११:४८
प्रकासित समय : ११:४८
मकवानपुर,वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जताएको छ ।
सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।