काठमाडौँ महानगरले हटायो खुलामञ्चका टहरा

काठमाडौँ,काठमाडौँ महानगरपालिकाले खुलामञ्चको अतिक्रमण हटाएको छ । खुलामञ्चमा बनाइएका बनाइएका टहराहरु आज बिहान डोजर लगाएर भत्काइएको हो ।

 

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण भइसकेकाले निर्माण सामग्री तथा अतिक्रमित संरचना हटाइएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

सार्वजनिक समारोह हुने खुलामञ्च अतिक्रमण भएको भन्दै त्यसलाई हटाउन अभियान्ताहरूले दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।