सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं, काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल  सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेत विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए । केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् ।

म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् । बस्नेत पनि उनीसँगै  शवहरुको व्यवस्थापन गर्दै आएका थिए । उनिहरु एक-अर्काई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए ।