सुर्खेतमा कार्यरत पत्रकारले लगाए कोरोनाको खोप
प्रकासित मिति : २०७७ फाल्गुन ४, मंगलवार १७:२७
प्रकासित समय : १७:२७
सुर्खेत,सुर्खेतमा कार्यरत पत्रकारहरूले कोरोनाबिरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको कोरोना खोप मंगलबारबाट पुनःलगाउन सुरु गरिएको हो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाको समन्वयमा प्रदेश अस्पतालको फिस्टुला केन्द्रबाट खोप लगाइएको थियो ।पत्रकारहरूलाई मंगलबार र बुधबार गरी दुई दिनसम्म खोप लगाइने नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश शाखाले जानकारी दिएको छ ।
सञ्चार गृहको परिचयपत्रका आधारमा खोप लगाइएको हो । दोस्रो चरण अन्तर्गत सुर्खेतसहित कर्णालीका अन्य विभिन्न जिल्लाका पत्रकारहरूले पनि विभिन्न चरणमा खोप लगाइरहेका छन् ।