भागरथी हत्या प्रकरणः भारत जान लागेका एकजना व्यक्ति पक्राउ

काठमाडौं,बैतडीकी  किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जानकारी दिएको छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण भएको खुलेको छ ।

ती व्यक्ति भागरथीको हत्या भएको केही दिनपछि कञ्चनपुर झरेका थिए । भारत जान लागेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अहिले अनुसन्धान भैरहेको र एक दुई दिनमै सत्य तथ्य सार्वजनिक गर्ने एक उच्च प्रहरी अधिकृतले जानकारी दिएका छन् ।