खेतमा महिलाको शव फेला
प्रकासित मिति : २०७७ फाल्गुन ४, मंगलवार १६:३२
प्रकासित समय : १६:३२
जनकपुर,धनुषामा एक महिलाको शव खेतमा फेला परेको छ।धनुषाको कमला नगरपालिका–२ माचि झिटकैयामा मंगलबार फेला परेको शव ३५ वर्षीय संगीतादेवी गडेरी राउतको भएको इलाका प्रहरी कार्यालय खजुरीले वताएको छ।
हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको शव झिटकैयाको पश्चिमवारी टोल बस्ने खुशीलाल गडेरीकी जेठी पत्नीको भएको इलाका प्रहरी कार्यालय खजुरीका इन्पेक्टरहिरेन्द्र रोकायाले जानकारी दिए।बिहान स्थानीय एक युवक दिसा गर्न घरबाट बाहिर निस्केर खेततर्फ जान लाग्दा संगीतालाई मृत अवस्थामा देखेपछि गाउँमा खबर फैलिएको थियो।
संगीतालाई हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका प्रहरी निरीक्षक रोकायाले जानकारी गराए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।