कतार जाने यात्रुलाई सुर्तीजन्य पदार्थ निषेध

काठमाडौं,नेपालबाट कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् ।

कतार सरकारले हालै सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको छ । यससँगै कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा लैजान नपाउने नेपालमा रहेको कतारी दूतावासले जनाएको छ ।

साथै, कतारले सुर्तीजन्य पदार्थ बिक्रिका लागि बनाइएका उपकरण, विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका सामान लैजान पनि प्रतिबन्ध लगाएको छ ।