जसपा नेता साह नेकपा ओली समूहमा प्रवेश
प्रकासित मिति : २०७७ फाल्गुन ४, मंगलवार ०८:२५
प्रकासित समय : ०८:२५
काठमाडौँ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।
रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।
केही दिनअघि जसपाकै अर्का नेता डा.शिवजी यादव पनि नेकपाको ओली समूहमा प्रवेश गरेका थिए ।