७६ वर्षीया वृद्धलाई बलात्कार आरोपमा एकजना पक्राउ

बारा,वृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।