अफगानिस्तानमा रक्षामन्त्रीका नावालक छोरा र सवारी चालकको हत्या

काठमाडौं, अफगानिस्तानमा रक्षामन्त्रीका नावालक छोराको हत्या भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसा रक्षामन्त्री जनरल अब्दुल रहीम वार्डका पाँच वर्षीय छोरा र सवारी चालक मोहम्मद अफ्जालको राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा हत्या भएको हो ।

देशका शान्ति स्थापनाका लागि प्रयासहरू भइरहेका बेला अफगानिस्तानमा दर्दनाक हिंसात्मक घटना भइरहेका छन् । हत्या घटनाको अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरूले बताएका छन् ।

लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरू भइरहे पनि सफलता मिल्न सकेको छैन । एजेन्सी