अदालतका नापी निरीक्षकसहित चार जना घुससहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापा घुससहित पक्राउ परेका छन् ।अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरुलाई ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका–१ बोगडियाबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।
यसवाहेक वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबाबु दाहाल घुससहित पक्राउ परेका छन् । उनीहरुलाई सेवाग्राहीसँग ८ हजार घुस लिँदालिँदै घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अख्तियाले लेखापढीको काम गर्ने दाहालले सुब्बा चन्दलाई दिइसकेको अवस्थामा रकम सहित विभाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।