नेपालमा थप १०४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ फाल्गुन २, आईतवार १८:०५
प्रकासित समय : १८:०५
काठमाडौँ,नेपालमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ६० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५४ पुगेको छ ।
आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।