सुर्खेतमा अवैध काठसहित तीनजना पक्राउ

सुर्खेत,सुर्खेतमा अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजना पक्राउ गरेको छ ।

भेरीगंगा नगरपालिका-११, रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साधीखोलाबाट रामघाटतर्फ आउँदै गरेको भे१त ७४५० नम्बरको ट्याक्टरमा अवैधरुपमा ल्याउँदै गरेको सालको चिरान ६५ थान (कडी)५०.५५ क्यूफिट काठ र ट्याक्टर चालक लेकवेशी नगरपालिका-७, का २१ वर्षीय देव चर्ती, ट्याक्टर साहु भेरीगंगा नगरपालिका-११, का ४६ वर्षीय कणर्बहादुर घर्ती र काठ मालिक सोही ठाउँका २९ वर्षीय पुष्प आचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।