सपनाले दिइन् विनयजंगविरूद्ध जाहेरी
प्रकासित मिति : २०७७ फाल्गुन २, आईतवार १३:३५
प्रकासित समय : १३:३५
काठमाडौँ,विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले जाहेरी दिएकी छन् ।बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी मगरले नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार बस्नेत हाल उपत्यका बाहिर रहेकोले खोजी भैरहेको छ ।बेवारिसे शवलाई दागबत्ति दिएर अन्येष्टि गर्ने बस्नेत र मगर केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
बस्नेतलाई मगरले ‘बुबा’ पनि भन्दै आएकी थिइन् तर, पछिल्लोसमय उनीहरुबिच राम्रो सम्बन्ध थिएन । यसैबिच बस्नेतले एक युट्युबमा मगरको नांगा तस्वीर आफूसँग भएको भन्दै ‘देखाइदिम देखाइदिम’ भन्दै झोक्किएका थिए ।