क्रान्तिकारी पत्रकार महासंघ सहित नौ वटा संगठनद्धारा प्रर्दशन
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा क्रान्तिकारी पत्रकार महासंघ सहित नाै वटा संगठनहरुले प्रर्दशन गरेका छन्।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पौष ५ गते गरेको प्रतिनिधी सभा विघटनको असंवैधानिक कदमका विरुद्ध क्रान्तिकारी पत्रकार महासंघ सहित विभिन्न पत्रकारिता पेशासँग आवद्ध नौ वटा संघ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
मौनरुपमा सांकेतिक विरोध प्रदर्शन र र्याली सहित वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारामा पुगेर कोण सभामा परिणत भएको पत्रकार जितेन्द्र थापाले बताए ।कोण सभालाई संम्बोधन गर्दै प्रेश संगठनका सल्लाहकार शिव लम्सालले भने सरकारको असंवैधानिक कदम विरुद्ध र प्रेस स्वतन्त्रताका लागि सम्पुर्ण पत्रकार संगठनहरु एक ठाउँमा आउनुपर्ने बताए ।
लम्सालका अनुसार कर्णालीले विरोध र्यालीको सुरुवात गरेको र यसलाई अब सबै प्रदेशले पछ्याउने समेत वताए । र्यालीमा सहभागी सबैले कालो मास्क र कालो पट्टी बाँधेर सरकार विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका थिए ।
विरोध र्यालीमा नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस संगठन, दलित पत्रकार संघ, प्रगतिशिल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ,संसदीय मामिला पत्रकार समाज, नेपाल प्रेस लगायत नौ वटा संघ संगठनको सहभागिता रहेको थियाे ।
वर्तमान ओली सरकारले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको रक्षा गर्न नसकेको भन्दै त्यसको विरुद्धमा सडकमा आउनु परेको संघ संगठनहरुको दावि रहेको थियो ।