काठमाडौंमा दुई पुरुष मृत फेला

काठमाडौं,काठमाडौंमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी, काठमाडौं महानगरपालिका-८ स्थित बागमती खोला किनारमा सोही महानगरपालिका-७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।