पचालझरना गाउँपालिकाको नव निर्मित भवन जनयुद्ध दिवसकै दिन उद्घाटन

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर पालिकाको नव निर्मित भवन उद्घाटन गरेको छ । जनयुद्ध दिवशको अवसरमा आयोजित एक कार्यक्रमका विच कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र बहादुर शाहीले उक्त भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जनयुद्धको बेला आफ्नो ज्यानको बाजी लगाएर शहिद बनेका बीर शहिदको सम्झनामा सम्मान समेत गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले वताए । अध्यक्ष सेजुवालका अनुसार नव निर्मित भवनबाट सेवा सूरु भएपनि बिधिवत रुपमा आजबाटनै भएको जानकारी दिए ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले आफु जन्मेकै पालिकामा आएर जनयुद्ध दिवश मनाउदा दश बर्षे जनयुद्धको झल्को आएको बताए ।

 

आफुसंगै युद्धमा होमिएका सहयोद्धा साथिहरुले गर्दानै आफु यहाँसम्म आएको समेत बताए । आफ्नो बाल्यकाल यहि पालिकामा बितित भएकाले यहाँको माया साथ सहयोयको सधै अपेक्षा गेरेको र यहाँका जनताको पक्षमा सदैव रहेको समेत जानकारी दिए ।पचालझरना गाउँपालिकाले एक सुचना जारी गर्दै फाल्गुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भवन उद्घाटको कार्यक्रम तय गरेको थियो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाही,गाउँपालिका अध्यक्ष सेजुवाल,उपाध्यक्ष,पालिकाका सम्पुर्ण जनप्रतिनिधीहरु लगायत हजारौँको संख्यामा पचालझरनाबासीको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न लोकझाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।