सोमबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, मुलुकमा फेरि पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षाको पूर्वनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबार रातिसम्म ठाउँठाउँमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान