सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते सिंहदरबारमा तीन वर्षमा सरकारले गरेका काम सार्वजनिक गर्ने बताएका हुन।

उनले सरकारले ‘असाधारण’ काम गरेको भन्दै त्यसबाट नेकपा दाहाल–नेपाल समूह आत्तिएरको समेत बताए । नेपालले विकास निर्माणको क्षेत्रमा निकै ठूलो फड्को मारेको बताउए । उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए ।उनले पार्टी नफुटेको समेत बताए । यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए ।

‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व्यवस्था खोजेको ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।प्रधानमन्त्री ओलीले सरकार ढाल्ने काम आफ्नै पार्टी भित्र भएको बताए ।सामाजिक परिवर्तन, समृद्धि, सुशासन कसरी ल्याउन सकिन्छ भन्ने बाटोलाई समातेर अघि बढिरहेको बेला सरकार ढाल्ने प्रयत्नमा ‘दोहाल–नेपाल’समूह लागेको समेत आरोप लगाए ।