निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोडिंदैन : प्रधानमन्त्री

बुटवल,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले नछोड्ने दावी गरेका हुन् ।

शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गए पनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीको दावी गरे ।