अखिल क्रान्तिकारीद्धारा भागिरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रद्धशन

कोहलपुर, अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले वैतडीमा स्कूलबाट घर फर्किने बेला हत्या गरिएकी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै प्रद्धशन गरेको छ । सरकारद्वारा प्रतिवन्ध भई अर्धभूमिगत रुपमा रहेको विप्लव नेतृत्वको नेकापाको भातृ संगठन समेत रहेको अखिल (क्रान्तिकारी)ले केपी ओलीको दलाल सरकारको पालामा सबैभन्दा बढी बलात्कारका घटना भएको बताइएको थियो ।

बिहावार बाँकेको कोहलपरमा सैयौँको संख्यामा विद्यार्थीहरुले नारा जुलुस सहित प्रदशन गरेका हुन । उक्त प्रदर्शनमा विद्यार्थीहरुले ‘मान्छे मार्न पाइदैन, भागरथीलाई न्याय दे, लगायतका नारा समेत लगाएका थिए । उक्त विरोध प्रदर्शन त्रिभूवन माविदेखि, एनटिभी, न्यूरोड हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी) बाँकेका उपाध्यक्ष डिल्ली क्षेत्रीले भागरथीको न्यायको लागि विद्यार्थीहरु सडकमा आउनुको विकल्प रहेको बताएका थिए । उनका अनुसार वर्तमान सरकार बलात्कारीहरुको मतियार हो । ‘जबसम्म सरकारले बलात्कारले संरक्षण गरिरहन्छ । तबसम्म सबैले यस्तै नियती भोग्दै जानुपर्छ । निर्मला र भागरथीहरुले न्याय पाउनैपर्छ । हामी निरन्तर विरोध गरिरहने छौ ।’ उनले भने । अहिले देशभर भागरथीको न्यायको लागि आन्दोलन भइरहेको छ ।

उनिहरुले बलात्कार पछि हत्या गरिएकी वालिका भागिरथी भट्टका हत्यारालाई तत्काल अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् । संगठनको केन्द्रीय योजना अनुरुप देशैभर गर्ने कार्यक्रम अन्तर्गत कोहलपुरमा पनि प्रदशन गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ ।

बलात्कार र हत्या जस्तो जधन्य अपराधमा संलग्न अपराधीलाई समात्न हिजोका दिन देखी सफल हुन नसकेको आरोप लगाए । साथै त्यस्तो घुणित कार्यमा संलग्न जोसुकै भएपनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनिहरुको माग छ ।  एकसाता अघि स्कूलबाट घर फर्किने बेला हत्या गरिएकी भट्टको न्यायको लागि देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेका हुन् ।