पचालझरनाले सम्झिदै सहिद परिवार

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले सहीदहरुका परिवारलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्रका सहिदहरुको सम्मानको लागि फागुन १ गते विशेष कार्यक्रम गर्ने भएको हो ।

फागुन १ गतेका दिन जनयुद्ध दिवशको अवसर पारेर गाउँपालिकाले सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरिने गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए ।

साथै जनयुद्ध दिवसकै दिन गाउँपालिकाको आफ्नै नयाँ भवनको उदघाटन गर्ने भएको छ । त्यसैको अवसर पारेर परिवर्तनकारी महत्त्वपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरुका परिवारलाई गाउँपालिकाले सम्मान तथा अभिनन्दन गर्ने अध्यक्ष सेजुवालले बताए ।