सुर्खेतमा नेकपा नेतृ झाक्रीको विनासर्त रिहाईको माग गर्दै प्रर्दशन

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगर सुर्खेतमा नेकपा प्रचण्ड-नेपाल पक्षले प्रर्दशन गरेको छ । विहिवार नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ परेपछि प्रचण्ड-नेपाल समुहले प्रर्दशन गरेको हो । रामकुमारी झाक्रीलाई विनासर्त रिहाई गर,केपी तेरो पाराले दुःख पाए साराले,दलाल सरकार मुर्दाबाद,तानाशाही गृहमन्त्री राजिनामा दे जस्ता नाराबाजी गर्दै प्रर्दशन गरे ।

पर्दशनमा सहभागी नेकपा प्रचण्ड-नेपाल पक्षकी बिद्यार्थि नेता तिर्सना हमाल यसो भन्छिन् नेकपा नेतृ झाक्रीलाई विना कारण तानाशाही शैलीमा लिईएको,लोकतान्त्रिक शासन प्रणालीमा मानिसको मौलिक हगमाथी दलाल केपी ओलीको सरकारले राजनिती गरेको वताइन् ।

प्रर्दशन मा सहभागी कर्णाली प्रदेश सांसद् पद्यमा खड्का यसो भन्छिन् प्रचण्ड नेपाल समुहमा नेपाली जनताको भरपुर साथ रहेकोले यो निरंकुश सरकारलाई घुडा टेकायर छोड्ने वताइन् । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच आफ्नै निवासबाट पक्राउ गरेको थियो ।