देवलकोट मा वि बाजुराले मुहार फेर्दै

बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका वडा नं ५ र ६ स्थति श्री देवलकोट मा।वि को स्थापना २०२४ सालमा भएको थियो । यो स्कुल पहिलेको साविक ३ र ४ को अधिनमा रहदै आएको थियो । अहिले ५ र ६ को बालबालिकाहरुले पठनपाठन गर्दै सुनौलो भविष्यका मार्ग रेखा देख्दछन् । र यहाँ जनताको एकमात्र आशा र कोपिला फुलाउने र देखाउने स्थान हो । हुन पनि किन नहुनु शिक्षा भनेको मानवको तेस्रो नेत्र हो । अनि यहाँ जनता आफुमा आत्म निर्भर नबनेर बर्सेनि भोकमरिको चपेटामा परेर छिमेकी देश भारतमा गएर गाँस बास कपासको ग्यारेन्टी गर्दछन् । भने आफ्नो बाल बच्चालाई कसरी राम्रो शिक्षा दिन र दिलाउन सक्छन् ।

अभिभावकको एक मात्र चाहाना हुन्छ । छोराछोरी १० या एस ई ई सम्म पठनपाठन गराउन पाए छोरा खाडी मुलुकमा गएर धन कमाउला अनि आफ्नो बुढेस कालमा राम्रोसँग हेरचार गर्ला अनि शान्तसंग आफ्नो प्राण देह हुदोहो तर उहिले देखि अहिले सम्मपनि संसार फेरियो । ठाउँ फेरियो गाउँ फेरियो समाज फेरियो तर मेरो जन्मभुमि उहि स्थानमा उस्तै नजर उस्तै किन रु त्यहाँका प्रत्येक युवा बर्गमा यो प्रश्ननै मुख्य जड बनेको छ । यहाँ अध्ययनरत विध्यार्थी छात्र छात्रा करिव छ सयको हाराहारीमा रहेका छन् । भवन पनि जिर्ण अबस्था र विद्यालयको हालत पनि दयनीय रहेको छ । अनि यहाँ अध्ययनरत छात्र छात्रा विष्ट, बुढा, रावल, सार्की, दमाई, कामी, शाही, बम थरका छन् । यहाँ छात्र भन्दा छात्रा बढी रहेका छन् । घरको अबस्था नाजुक भएर कक्षा ८,९,१० का विध्यार्थी अधिकांश छिमेकी देश भारतमा २ र ४ महिना लेवर काम गरेर पठनपाठनको खर्च जुटाउने प्रवृत्ति रहेको छ ।

कतै अलिअलि आर्थिक सम्पन्नता हुनेवाला भने छात्रा भन्दा छात्रलाई शहर र जिल्ला सम्म पठाउने प्रवृत्ति बढीरहेको छ । यहाँ भविष्यका कोपिलाहरुको सपना कुहिरोमा हराएको कागको सपना झैँ बनाएका छन् । जुन पुर्वजहरु अझै छन् जुन यहाँका वालवालिकाहरुका सपना पानी नहुने खोलाले पनि बगाएर तिर लगाउछ । त्यो सपना त्यहि तिरमा विलिन या रनभुल हुन्छन । बषौं बर्षदेखि भोकमरिको चपेटामा परेका बुढा आमा बाबाले देखेका सपना भने अधेरी रातमा प्रहार भएको ढुङ्गा झै बनेका छन् । यसरी नै बषौ बर्ष बिते तर हजारौं हजार शिक्षक आए हजारौं हजार व्यवस्थापन समिति बदलिइए तर पनि रातभरी कराउने दक्षिणा हराउने शिवाय अरु केहि भएन ।

अब आउने समय समाज र युवाले भने झै गर्छन भनेर समुदायले रोजेको शिक्षक र व्यवस्थापन अध्यक्ष तेहि स्कुलबाटै ताते तोते अनि तिता मिठा शब्दको शुरुवात गर्दै त्यहि स्कुललाई लिडर गर्ने जिम्मेवारी सुम्पेका छन् । हुदाहुदै एक बर्षको अन्तराल नबित्दै पक्की भवनका सुरुवात भएका छन् डुक्कका साथ मा विसम्म पढ्न नपाउने बिध्यार्थीले उच्च मा वि त्यहि आफ्नो घरमा सिस्नोको साग र ढुटाको रोटी खाएर पढ्ने वातावरण जुटेको छ । साथै प्राविधिक लाइन पढ्न कि जिल्ला धाउनु पर्ने कि शहर छिर्नु पर्ने अबस्थामा अहिले घरकै आगनमा कृषि जेटिएको शुरुवात भएको छ । र अहिलेको समयलाई मध्यनजर गर्दै त्यहि दुःख पिडालाई उजागर गर्दै अगाडि बडेका व्यवस्थापन अध्यक्ष कृष्ण बम जुन युवा तथा समाजका हरेका तन अनि मन जित्न सफल छन् ।

साथै बमले चालेका हरकदम अहिलेको समय सम्म समाजले हाइ हाइका साथै समाज परिवर्तनको बाहक ठानेका छन् । अझै विद्यालय लाई दृढ र अब्बल बनाउन जस्तो सुकै अभ्यास गर्न आफु तमतयार रहने उनको दावी छ । साथै विद्यालयको हरेक कदम स्थानीय निकाय देखि केन्द्र सम्म पुर्‍याउन आफु एकरति पनि पछि नहट्ने उनको चाहाना छ । विद्यालयको अबस्था निहाल्दै त्यहाँका कलिला मुनाले प्रहार गर्ने गरेका दुई शब्दमा ।

मलाई पढ्पढ मात्रै किन भन्छौ मेरी आमा ।
मलाई खुल्ला संसार मा पढ्न दिनुहोस् आमा ।

भन्ने बिध्यार्थीको चाहाना पुराहोस् । अझैपनि बिभिन्न संस्कारले गर्दा पुरानो प्रथा( परम्परा अझै कायम छ । संगत बिनाको फल भनेझैं कुलतमा र लहलहैमा अतिनै बढी देखिन्छन् । समाज, देश, तथा राष्ट्रका भविष्य मानिने विद्यार्थी को बर्षौँ देखि देखेका सपना देवलकोट मा वि परिवारले यथार्थमा बदल्न र यो स्कुललाई सम्पन्न र नमुना को रुपमा स्थापित गर्न अहोरात्र लागिपरेर व्यवस्थापन समितिले उक्त सपना तथा महत्वाकांक्षा पुरा गर्नेछन् भन्ने यहाँ को अभिभावकले आशा गरेका छन् ।

स्थानियवासी र अभिभावकले यो स्कुल लाइ सफल बनाउनको लागि एक थोपा रगत बेचेर पनि सफल पार्छु भनेर दृढ सपना बोकेका बमको परिश्रमलाई पनि चिन्ने छन् । हाम्रो समाजले देखेको तर वषौ र्देखि थकित रहेको सपना साकार बन्नेछ । आगामी दिनमा पनि देवलकोटले दिनमा चार गुणा र रातमा दुई गुणाले फड्को मार्नेछ । सभ्य र भव्य समाज उत्पादन गर्नेछ । ज्योति को आगो दन्काउने छ । सुर्यको किरण झै चम्किलो बनाउने छन् । तटस्थ बिकास नियालेर बस्नेलाई ऐनामा मुहार झल्केझै झल्काउने छन् । कर्णाली नदिसरि सङ्लो अनि चोखो रुपमा परिणत होस् । बाकि तस्बिर आफै बोल्दछ ।