झाँक्रीलाई पक्राउ गर्नू अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप होः रामचन्द्र पौडेल
काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको जनाएका छन् ।
राष्ट्रपति बारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । त्यसलगत्तै नेता पौडेलले उनलाई विना शर्त रिहा गर्न समेत माग गरेका छन् ।सरकारले संविधानमा व्यवस्था भएको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेको पौडेलको भनाई छ ।
सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होईन् । पौडेलले ट्विटरमा लेखेका छन् ।