मानव बेचविखनको आरोपमा कुवेतमा सात नेपाली पक्राउ

काठमाडौं,मानब किनबेचको आरोपमा कुवेतमा ७ जना नेपाली महिला पक्राउ परेका छन् ।एउटा ठाउंमा काम गरिरहेका नेपाली कामदारालाई मालिकको घरबाट भगाएर अर्को मालिकलाई बेचेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । कुवेतमा मानव किनबेचको आरोपमा एकै पटक ठूलो संख्यामा नेपालीहरु पक्राउ परेको यो पहिलो घटना हो ।

स्थानीय संचारमाध्यमहरुका अनुसार ती महिलालाई आर्थिक प्रलोभनमा पारेर अबैध हैसियत बनाइ काम गरिरहेको ठाउंबाट अर्कै ठाउमा विक्री गरिएको थियो । कुवेतमा पहिलेदेखि काम गर्दै आइरहेका कामदारहरुले सम्झौता अवधि पुरा नहुंदै काम छोड्न र अर्को कम्पनीमा काम गर्न पाउंदैनन् । कसैले त्यसलाई मानव बेचबिखनको रुप मानेर कडा कारवाहीको विषय बनाउने गरिएको छ ।

त्यसैले पक्राउ परेका महिलाहरुलाई वर्षौंसम्मको जेल हुन सक्ने ती संचार माध्यमहरुले उल्लेख गरेका छन् ।स्मरण रहोस कुवेतमा पछिल्लो समय घरेलु कामदारहरु लैजान बन्द गरिएको छ । तर, दलालहरुले विभिन्न बाटो प्रयोग गरेर अवैधानिकरुपमा लैजाने गरेका छन् ।