सरकारलाई झ्यालखानाको संख्या थप्न गगन थापाको आग्रह,

काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न अनुरोध गरेका छन् ।बिहिबार नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता थापाले सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने बताउँदै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न पक्राउ गरेको हो ।थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेप्रति प्रश्न गर्दा सरकारले झ्यालखाना लगेर तर्साउन खाजेको भन्दै प्रश्न गरेका छन् ।

कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने रु उहिले महाराजा अहिले राष्ट्रपति थापाले भने ।