झाँक्रीलाई पक्राउ गर्नु स्वार्थ पुर्ति गर्ने षड्यन्त्र होः जनार्दन शर्मा
प्रकासित मिति : २०७७ माघ २९, बिहीबार १३:१७
प्रकासित समय : १३:१७
काठमाडौं,नेकपा नेता जनार्दन शर्माले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिनु नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन् ।
बिहिबार मध्याह्न झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता शर्माले यस्तो बताएका हुन् ।उनले देशलाई मुडभेट लैजान लागेको समेत बताए । रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पुर्ति गर्ने षड्यन्त्र हो । शर्माले भने ।
राष्ट्रपतिबारे विवादास्पद अभिव्यक्ति दिएपछि प्रहरीले बिहिबार झाँक्रीलाई उनकै निवासबाट पक्राउ गरेका छ ।