नेकपा नेतृ झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गोरखामा आयोजित एक कार्यक्रममा गरेको टिप्पणीलाई लिएर प्रहरीले सोधपुछको लागि बोलाएको बुझिएको छ ।‘राष्ट्रपतिका कुरा त के गर्नु र रु बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे १’ उनले भनेकी थिइन्, ‘त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।’

त्यसपछि नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेत्री झाँक्री आक्रामक शैलीमा विरोध गर्दै आएकी छन् ।