वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ, अध्यक्ष यादवले गरे उदघाटन

नेपालगन्ज, बाँके जानकी गाउँपालिका वडा नं १ वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ । जानकी गाउँपालिका वडा नं १ अन्तर्गत एकता शिक्षा समाज कल्याण संस्थाको आयोजनामा उक्त प्रतियोगिता शुभारम्भ भएको हो ।

वडा स्तरीय क्रीकेट प्रतियोगितामा जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवको प्रमुख अथितिमा आजबाट कार्यक्रम उदघाटन भएको छ ।

जानकि १,पाँचपोखरा र नदाइ गाउँकाे खेलमैदानमा हुन लागेको उक्त प्रतियोगितामा दर्जन बढि टिमले भाग लिने बताइएको छ । जानकि गाउँपालिका र वडा न,१ को सहयोगमा कार्यक्रम आयोजना गरिएको बताइएकाे छ