नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल आयोजना हुदैं
नेपालगन्ज,नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा बिजिनेस फेस्टिबल हुन लागेको हो । आयोजकले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गतेदेखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल आयोजना गर्न लागेको जानकारी दिएको छ ।
फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, स्टेण्डप कमेडीहरु लगायतका कार्यक्रम रहेको आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिएका छन्। यस प्रकारको फेस्टिबल नेपालमै पहिलो भएको प्रमुख शाहको दाबी रहेको छ ।
शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताए । कोभिड–१९ महामारीका कारण संसारका हरेक क्षेत्र पछाडि परिरहेको अवस्थामा यस्ता किसिमका फेस्टिबलको आयोजनाले केहि मात्रामा भएपनि सबैलाई राहत पु¥याउने आयोजकले बिश्वास लिएको छन् ।