नेपालमा थप १३४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १३४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ११८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ५४९ जना स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ४७ छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको छ ।