गृहमन्त्रीले बलात्कारीको संरक्षण गरेर राखेका छन्ः नेतृ अञ्जना बिसंखे
प्रकासित मिति : २०७७ माघ २८, बुधबार १४:४२
प्रकासित समय : १४:४२
काठमाडौँ,नेकपाकी नेतृ अञ्जना बिसंखेले बलात्कार र हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको वताएकी छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बिसंखेले बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री ओलीले कान्छो छोरो बनाएर राखेको बताएकी हुन् ।
‘निर्मला पन्त, सम्झना विक, भागरथीको हत्या र बलात्कार, ३ हजार ३४७ महिलाको हत्या र १७ जनाको बलात्कारको जिम्मेबारी बोकेका, बलात्कारमा ताबेदारी गर्ने गृहमन्त्रीलाई तपाईं ९केपी ओली०ले कान्छो छोरो बनाएर राख्नु भएको छ, बा बन्नु भएको छ ।’ उनले भनकी छन् ।