श्रीमतीको हत्या गरी आफै प्रहरीलाई खबर गर्ने पक्राउ

पर्सा, श्रीमती सन्तु जलारीको हत्या अभियोगमा जलजला गाउँपालिका ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुर आफैले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण ३४ वर्षीया श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।