माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
प्रकासित मिति : २०७७ माघ २८, बुधबार ०७:५४
प्रकासित समय : ०७:५४
जाजरकोट, जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ ।
शिवालय गाउँपालिका–९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।