नेकपाको शक्ति प्रदर्शन : पाँच स्थानबाट शुरु भयो जुलुस
काठमाडौं, सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) जुलुस काठमाडौंका विभिन्न स्थानबाट शुरु भएको छ ।दुई लाख बढी मान्छे उतार्न भनिएको जुलुस माइतीघर, पुल्चोक, लैनचौर, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने जनाइएको छ ।
नेकपाका अध्यक्षद्वउ पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुनेछ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
विरोधसभामा सहभागी हुन बिभिन्न जिल्लाबाट समेत नेकपाका कार्यकर्ता तथा समर्थकहरु काठमाडौंमा आएका छन् । जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
संसद विघटनलगायतका प्रतिगामी कदमविरुद्ध आन्दोलनरत नेकपाले यो विरोधसभालाई अहिलेसम्मकै विशाल प्रदर्शनको रुपमा लिएको छ । यसअघि नेकपाले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।