प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा केहीबेर अघि सुरु भएको थियो ।

बैठकमा प्रतिनिधिसभा विघटनलगायतका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बुधबार राजधानीमा हुने प्रदर्शनबारे छलफल हुने एक नेताले बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ।

एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।नेकपाभित्रको तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चार-चार जना छन्। सचिवालय सदस्य वामदेव गौतम भने दुवै समूहमा नलागेर ‘पार्टी एकता राष्ट्रिय अभियान’मा लागेका छन्।