एकै दिन तीनजना मृत फेला

काठमाडौं,छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेको छ ।बाँकेको डुडुवा गाउँपालिका-४ मसानघाट स्थितमा रहेको भवनमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी डडेल्धुराको आलिताल गाउँपालिका-७ स्थित चोरगडा भिरमा कञ्चनपुर सुक्लाफाँटा नगरपालिका-११ कलवापुरबाट बस्ने ७५ वर्षीय रामी विष्ट सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता महोत्तरीको बर्दिबास नगरपालिका-११ जैसीटोल बस्ने ५२ वर्षीय यम बहादुर घतानी झ्याउरे सोही नगरपलिकाको भाङग्रे जाने बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।