निर्वाचनको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन आग्रह गरेका छन् ।मंगलबार बिहान आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाहिरी पक्षको कुरालाई वेवास्ता गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह गरेका छन् । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाइरहेको छलफलमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।