चोरीको सामान बोक्ने ३ वटा अटो-रीक्सा सहित १ जना पक्राउ

कोहलपुर, चोरीको सामानसहित ३ वटा अटो-रीक्सा बरामद गरिएको छ । बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष खालको स्विप अपरेशन अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो-रीक्सा र एउटा साईकल समेत बरामद गरीएको प्रहरीले जनाएको छ ।

केही समय पहिले बाँकेको मनिकापुरस्थित भटानपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा निर्माण गर्नलागिएको ट्रष्टमा प्रयोग हुने फलामका खम्बाहरु हराएका थिए । प्रहरीका अनुसार विगत लामो समयदेखी सो क्षेत्रमा चोरी हुने गरेको स्थानियको गुनासोपछि विशेष अनुसन्धान सुरु गरीएको थियो ।

प्रारम्भीक अनुसन्धानबाट चोरी कार्यमा धेरै जनाको संलग्नता रहेको हुनसक्ने आशंका गरेको प्रहरीले सोमबार चोरीका सामान लोड गरिएको अवस्थामा तिन वटा अटो र १ साईकल बरामद गरेको हो ।प्रहरीले नदिजन्य उत्पादनबाट पानी चुहाई ढुवानी गर्ने टिप्परहरुलाई समेत कानुनी दायरामा ल्याउन सुरु गरीएको जनाएको छ ।