वादल पक्षलाई पहिलो गाँसमै ढुङ्गा
काठमाडौँ,संसद विघटन गरेर ताजा जनादेशको नारा बाढिरहेको नेकपा केपी शर्मा ओली समूहमा खटपट शुरु भएको छ।आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ समूहका नेताहरुले बहिष्कार गरेका छन्।
नेकपा कानूनी रुपमा विभाजन भइसकेको छैन। ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको बताईएको छ ।बादल पक्षका नेताहरुले निषेध गरेर जान खोजिएको भन्दै आफूहरु जारी भेलामा नगएको प्रतिक्रिया दिएका छन्। उनीहरुले भनेका छन्, त्यो भेला गुटको भेला हो। गुटको भेला हो भन्ने कुरा उहाँहरुले प्रमाणित गर्नुभयो।
बादल निकटका वीरु तामाङ भन्छन्, दुई वटा धुर्वमा अगाडि बढेको संगठनको पुनःसंरचना भएको छैन, संरचना कस्तो हुने, नेतृत्वमा को को रहने र केन्द्रीय सदस्य कति हुने भन्ने सहमति नै नबनी बैठक बसेछ। त्यसमा हामी सहमत हुन सकेनौँ र गएनौँ।
तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष हुन्। एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो। सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी थिए। बादल निकटस्थहरुले बहिष्कार गरेपनि भेलाले आइतबार नै सहसंयोजक पौडेललाई संयोजक घोषणा गरिएको थियो।