भागरथीको घटना निर्मलाको जस्तो छैनः गृहमन्त्री थापा

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाको अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।

मंगलबार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने जनाएका हुन् । भागरथीको घटना निर्मला पन्तको जस्तो छैन, अनुसन्धानमा छिट्टै सफलता मिल्छ मन्त्री थापाले वताए।

प्रहरी भागरथीको हत्याका अपराधीको करिब–करिब नजिक पुगेको भन्दै छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजाय पाउनेसमेत उनले बताए ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको छैन ।