भागिरथी भट्टको हत्याप्रकरणका दोशिलाई कारबाही गरः विप्लव

काठमाडौं, विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भागिरथी भट्ट हत्या प्रकरण संलग्नलाई कारबाही गर्न माग गरेका छन ।सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै बैतडी जिल्ला, दोगडाकेदार न पा ७ चडेपानी निवासी, सिर्कोटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागिरथी भट्टको बलात्कार गरी हत्या भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै अमानवीय घटनाको तुरुन्त सत्य तथ्य छानविन गरी घटनामा संलग्न जो कसैलाई पनि कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

साथै महासचिव विप्लवले दुई वर्ष अघि भएको निर्मला हत्याकाण्डका अपराधीहरु पत्ता लगाई कारवाही गर्न सरकार र प्रहरी प्रशासन असफल भएकाले पनि पीडितहरु दिनानुदिन रोदन गर्नुपर्ने र अपराधीहरु निस्चिन्त र उन्मुक्त भई अपराध थप मौलाउने वातावरणका कारण यस्ता घटनाहरु दोहरिएकाले उक्त घटना पनि त्यहि प्रवृतिको निरन्तरता भएको हुनाले अनुसन्धानका लागि आवश्यक सहयोग र सबै पक्षसँग सहकार्यका लागि पार्टी तयार रहेको भन्दै अपराधको तथ्यपरक छानविन र अपराधीहरु उम्कन नपाउन भन्नका लागि सम्पूर्ण राजनीतिक–सामाजिक संघ–संस्था, सचेत नागरिक र आम जनसमुदायको जागरुकता र खबरदारीलाई निरन्तरता दिन विशेष अनुरोध गरेका हुन् ।

उनले, सरकारले अनुसन्धान कार्यलाई गम्भीरता पूर्वक नलिई घटनाप्रति नजरन्दाज गर्न र विषयान्तर गर्न खोजेमा त्यस्तो कार्यलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र त्यस अवस्थामा पार्टीले आम जनसमुदायको सहयोगमा घटनाको छानविन गरी वास्तविकता सार्वजनिक गर्ने पहलकदमी लिनेसमेत बताएका छन् ।

यस्तो छ विज्ञप्ति