मोरक्कोमा भिषण बाढी पहिरो : कम्तिमा २४ जनाको मृत्यु
प्रकासित मिति : २०७७ माघ २७, मंगलवार ०७:५९
प्रकासित समय : ०७:५९
काठमाडौं, अविरल वर्षापछि मोरक्कोमा भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।
घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी छ । घटनामा कमदारहरू पनि परेका छन् । तर, उनीहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।