पर्यटनमन्त्री ढकाल र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।