भागरथिको लागि न्याय माग्दै सडकमा युवाहरु
सुर्खेत,स्व किशोरी भागरथि भट्टको लागि न्याय माग्दै सुर्खेतका युवाहरु सडकमा आएका छन् ।सोमवार वीरेन्द्रनगरको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजको समन्वयमा सडकमा युवाहरुले स्व किशोरी भट्टको लागि यथासिग्र न्यायको माग राखेका थिए ।
वलत्कारीलाई फाँसी दे,नालायक गृहमन्त्री राजिनामा दे,महिला अधिकार सुनिच्शित गर जस्ता नारा लगाइएको थियो । यो घटनालाई पनि निर्मला पन्तको जस्तो तरिकाले तोडमोड नगरियोस् यदि यस्तो गरिएको खण्डमा जस्तो सुकै चुनौतीको सामाना गर्न आफुहरु तयार रहेको युवाहरुले वताए । सुर्खेतका युवाहरुको शनिवार पनि स्व किशोरी भट्टको लागि न्याय माग्दै आन्दोलन गरेका थिए ।
भागरथि भट्टको न्यायको लागि देशभर विभिन्न किसिमका आन्दोलन दिन प्रतिदिन भईरहेका छन् । गत बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्। घटनाको थप अनुसंन्धान भईरहेको छ ।