प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ मंगलबार नहुने

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ रोकिएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले इजलासमा जानकारी दिए ।पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो ।

तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए ।