प्रधानन्यायाधीश जबराले झोक्किँदै भने भनेको मान्नुहुन्न
काठमाडौं, प्रतिनिधिसभा विघटनको पक्षमा संवैधानिक इजलासमा बहस जारी रहेको छ। प्रधानमन्त्रीका निजी वकिलहरुले बहस गरिरहेका छन्।इजलासको सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि अधिवक्ताहरूलाई १५ मिनेटको समय निर्धारण गरेका थिए।
तर, सुरुमा बहस गर्न आएका वकिल ईश्वरीप्रसाद भट्टराईले ३० मिनेटसम्म बहस गरिरहे ।त्यसबीचमा प्रधानन्यायाधीश जबराले पटकपटक बहस सक्न वकिल भट्टराईलाई आग्रह गरे । तर, ३० मिनेटसम्म एकोहोरो बहस गरे । त्यसपछि पनि प्रधानन्यायाधीश जबराले उनलाई बहस टुंग्याउन भन्दै बस्न आग्रह गरे । तर, भट्टराईले अझै बहस सकेनन्।
भट्टराईले जबर्जस्ती बहस अघि बढाएपछि प्रधानन्यायाधीश जबरा वकिल भट्टराईसँग झोक्किएका छन् । ‘भनेको मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ? जबराले प्रश्न गरे । र, अर्कोलाई बोल्न भने।प्रधानमन्त्रीका तर्फबाट हालसम्म तीन जना कानून व्यवसायीले बहस गरेका छन्। समय धेरै गुज्रिन थालेपछि बहसको समयमा कडाइ गरिएको छ।