२४ घण्टामा ११९ कोरोना संक्रमित थपिए
प्रकासित मिति : २०७७ माघ २५, आईतवार १७:०८
प्रकासित समय : १७:०८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ८१५ रहेको छ ।