अवरुद्ध त्रिभुवन राजपथ खुल्यो
प्रकासित मिति : २०७७ माघ २५, आईतवार १४:४१
प्रकासित समय : १४:४१
मकवानपुर, सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।
मकवानपुरको सीमभञ्ज्याङको सडकमा हिउँ जमेका कारण आज बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए ।
सडकमा हिउँ जम्नाका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए । हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होशियारीका साथ गाडी चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ ।